आज मिति २०८१ ̸ ०२ ̸ ०३ गते यस ठाकुर राम बहुमुखी क्याम्पस, बीरगंजको संस्थापक स्व. महावीर प्रसाद एवं रघुबीररामको प्रतिमा अनावरण क्याम्पस प्रमुख रणजीत प्रसाद यादवज्यूको अध्यक्षतामा र त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशर जंग बरालज्यूको प्रमुख आतिथ्यमा सम्पन्न भयो । उक्त कार्यक्रममा दाता परिवारका सदस्य संजय गुप्ता, शशिरंजन प्रसाद, रोहित प्रसादज्यू लगायत सम्पूर्ण परिवारका सदस्यज्यूहरु तथा प्राध्यापक, कर्मचारी एवमं विद्यार्थीहरुको उल्लेख्य सहभागिता रहयो ।